पूर्वयुवराज्ञी हिमानी कुलदेवताको पूजा गर्न छोराछोरीसहित गोरखामा (भिडियो) « Image Khabar


पूर्वयुवराज्ञी हिमानी कुलदेवताको पूजा गर्न छोराछोरीसहित गोरखामा (भिडियो)


Imagekhabar
२३ जेष्ठ २०७४, मंगलवार १९:३४

छोराछोरीसहित गोरखा आइपुगेकी शाहले गोरखकाली र गोरखनाथ मन्दिरमा विशेष पूजा–अर्चना गरेकी हुन् ।

छोराको ब्रतबन्धपछि शाहवंशीय कुलदेवता गोरखकालीको पूजा गर्न उनी गोरखा आइपुगेकी हुन् ।

पूजापछि पूर्वराजपरिवारले गोरखा संग्रहालयको अवलोकन गर्नुका साथै स्थानीय महिलाहरुसँग भेटघाट गरेका थिए ।

गोरखा नगरपालिकाले पनि उनीहरुलाई स्वागत गरेको थियो । उनीहरुले बुधबार मनकामना मन्दिरमा पूजा गर्ने कार्यक्रम रहेको छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्