२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


देउवालाई दुबै छिमेकी मुलुकले दिए बधाई तथा शुभकामना


0
Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनिर्वाचित प्रधानमन्त्री देउवालाई टेलिफोन गरी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै नेपाल-भारतको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए ।

मोदीले देउवाको नेतृत्वमा नेपालमा शान्ति, समृद्धि तथा प्रगतिको कामना गरेका थिए ।

यस्तै, नेपालका लागि चिनियाँ राजदूत यु होङ भने देउवा निवास बुढानिलकण्ठ मै पुगी प्रधानमन्त्रीमा निर्वाचित भएकोमा चिनियाँ सरकारकातर्फबाट शुभकामना व्यक्त गरेका छन् ।

त्यस अवसरमा राजदूत होङले नेपाल–चीन सम्बन्धमा थप प्रगाढ हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री देउवाको सफल कार्यकालको कामना गरेका थिए ।