३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


नयाँ सरकारको काम र नीतिको आधारमा समर्थन र विरोध : नेपाल


0
Shares

                                                                                     फाइल फोटो
समसामयिक राजनीतिक विषययमा बुधबार प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले तोकिएको समयमा शान्तिपूर्ण र धाँधलीरहितरुपमा सबै तहको निर्वाचन सम्पन्न गराउने नवनिर्वाचित प्रधनमन्त्री शेरबहादुर देउवाको प्रतिबद्धता पूरा हुनुपर्नेमा जोड दिए ।

नेता नेपालले सरकारको काम र नीतिका आधारमा एमालेले समर्थन र विरोधको नीति लिने तर आफ्नो पार्टी सरकारमा जान कुनै भाग नखोज्ने बताउँदै ‘असार १४ गते हुने भनिएको दोस्रो चरणअन्तर्गत् स्थानीय तहको निर्वाचन समयमा शान्तिपूर्ण र धाँधलीरहितरुपमा हुनुपर्छ’–भने ।

भरतपुर महानगरपालिकाको वडा नम्बर–१९ मा पुनः मतदान गराउने निर्णय उचित नभएपनि सर्वाेच्च अदालतले यस सम्बन्धमा उपयुक्त निकास दिने अपेक्षा व्यक्त गर्दै उनले भने–‘नयाँ सरकारले एमालेलाई पन्छ्याएर सर्वस्वीकार्यताको नाममा संविधान संशोधनको प्रयास र स्थानीय तहको संख्या पुनरावलोकन गरिए आफ्नो पार्टीलाई यो मान्य हुँदैन ।’

नेता नेपालले भने–‘देशभक्तिको भावनालाई केन्द्रमा राखेर सुशासन, विकास र समृद्धिका काममा सबैलाई समेटेर जान नवनिर्वाचित प्रधानमन्त्रीलाई मौका छ, त्यो उहाँले कसरी गर्नुहुन्छ, हेर्न बाँकी छ ।’

दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा तराई–मधेसमा पनि एमाले पहिलो शक्ति हुने दाबी गर्दै उनले भने–‘कम्युनिष्ट पार्टी हुर्केकै तराईमा हो, हाम्रो पार्टीका अधिकांश महाधिवेशन पनि तराई–मधेसमा नै भएका छन्, त्यसैले त्यहाँ हाम्रो प्रभाव राम्रो रहनेछ ।’

कार्यक्रममा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराई, उपप्रमुख सूर्य थापा, चौतारीका अध्यक्ष गणेश बस्नेतलगायतको सहभागिता थियो । रासस