एक वर्ष पनि नबित्दै दुई प्रधानमन्त्री, नयाँ सरकारप्रति के भन्छन् सर्वसाधारण ? (भिडियो) « Image Khabar


एक वर्ष पनि नबित्दै दुई प्रधानमन्त्री, नयाँ सरकारप्रति के भन्छन् सर्वसाधारण ? (भिडियो)


Imagekhabar
२४ जेष्ठ २०७४, बुधबार १८:३६

गत वर्ष साउन आखिरी प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहालले अर्को साउन देख्न नपाइ पदत्याग गरे । उनको ठाउँमा प्रधानमन्त्री बनेर आएका छन्, कांग्रेस सभापति शेरबहादुर देउवा । अर्थात् एक वर्ष पनि नबित्दै नेपाली जनताले दुईजना प्रधानमन्त्री देख्नुपरेको छ ।

प्रधानमन्त्रीजस्तो प्रमुख कार्यकारी पदमा छिनछिनमा व्यक्ति फेरिने प्रवृत्तिकै कारण विगत १० वर्षमा १० जना प्रधानमन्त्री फेरिइसकेका छन् ।

राजनीति गर्नेहरुका लागि त पालैपालो प्रधानमन्त्री बन्नु स्वाभाविकै होला तर देश र जनताका लागि भने यो दुर्भाग्यपूर्ण भएको ठान्दछन्, सर्वसाधारण ।

एउटा बजेट पनि कार्यान्वनयन गर्न नपाइ प्रधानमन्त्री फेरिने परिपाटीका कारण सर्वसाधारणले पीडा महसुस गर्ने गरेका छन् ।

यसअघि पनि पटक–पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाबाट पनि सर्वसाधारणले यसपटक पनि खासै अपेक्षा राखेको पाइँदैन । यद्यपि, आगामी माघभित्र सबै तहका निर्वाचन गरेर संविधान कार्यान्वनय गरिदिए देशले निकास पाउँथ्यो भन्ने सुझाव उनीहरुको रहेको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।

 

प्रतिक्रिया दिनुहोस्