२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विस्फोटक पदार्थसहित लजबाट दुई जना पक्राउ


0
Shares

चन्द्रपुर–४ स्थित न्यु सुदर्शन होटल तथा लजबाट गएराति विष्फोटक पदार्थ सहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको हो ।

पक्राउ पर्नेमा झापा धर्मपुर–५ का २५ बर्षीय दिलिप थापा र शिवसतासी नगरपालिका–११ का २५ बर्षीय तारा थापा रहेका छन् । बिषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चपुरबाट खटेको टोलीले गएराति १० बजे लजको १ सय ५ नम्बरको कोठाबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले उक्त कोठाबाट ५ थान सेफ्टी फ्युज, २२ थान सिल्भर डेटोनेटर लगायतका सामाग्रीहरु समेत बरामद गरेको छ । पक्राउ परेका दुबैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।