२४ श्रावण २०८२, शनिबार | Sun Aug 10 2025


चार जिल्लामा २३ करोड रुपैयाँ बराबरको जरिवाना उठाउन बाँकी


0
Shares

कञ्चनपुर, माघ २५ । उच्च अदालत दिपायल, महेन्द्रनगर इजलास मातहतका चार जिल्लामा २३ करोड रुपैयाँ बराबरको जरिवाना उठाउन बाँकी देखिएको छ । उच्च अदालतको महेन्द्रनगर इजलासले कञ्चनपुर, बैतडी, डडेल्धुरा र दार्चुलामा गरी २३ करोड ३ लाख ६२ हजार रुपैयाँ बराबरको जरिवाना बक्यौता रकम उठाउन बाँकी देखिएको हो ।

सबैभन्दा बढी जिल्ला अदालत डडेल्धुराको १७ करोड ४० लाख ८ सय ६४ रुपैयाँ जरिवानामध्ये १७ करोड ४० लाख रुपैयाँ बक्यौता उठाउन बाँकी रहेको तथ्यांक छ । यस्तै सबैभन्दा कम जरिवानामा जिल्ला अदालत बैतडीको १६ लाख ७ हजार ७ सय ५ मध्ये १५ लाख ९७ हजार ७ सय पाँच रुपैयाँ उठाउन बाँकी छ ।

यसैगरी जिल्ला अदालत कञ्चनपुरमा ३ करोड ८३ लाख ८० हजार ६ सय ३० रुपैयाँमध्ये ३ करोड ५८ लाख ५९ हजार ९ सय ६६ रुपैयाँ बक्यौता बाँकी छ भने जिल्ला अदालत दार्चुलामा १ करोड ९० लाख २७ हजार ३ सय ७५ रुपैयाँमध्ये १ करोड ८९ लाख ४ हजार ५ सय ५० रुपैयाँ बक्यौता उठाउन बाँकी छ ।

फैसलापछि व्यक्ति फरार हुने र कतिपयको मृत्युपछि पनि लगत कट्टा नभएकाले जरिवाना उठाउन बाँकी बक्यौता रकम बढी देखिएको उच्च अदालत दिपायल महेन्द्रनगर इजलास कञ्चनपुरका डिठ्ठा इन्द्रबहादुर सार्कीले बताए ।