
उम्मेदवारी दर्ताको मिति नजिकिँदै गर्दा महिलाहरुलाई प्रमुख पदको उम्मेदवारी दिलाउने प्रयास भइरहेको दाबी पनि गरिएको छ ।
पहिलो चरणको स्थानीय तह निर्वाचनमा महिलाहरुलाई प्रमुख पदमा पुर्याउन दलहरुले कञ्जुस्याइँ गरेको आरोप लागिरहेकोबेला दोस्रो चरणमा त्यस्तो हुन नदिने दाबी महिला नेत्रीहरुले गरेका छन् ।
पहिलो चरणबाट उल्लेख्यरुपमा महिलाहरु निर्वाचित भएपनि प्रमुख पदमा भने निकै कम महिला निर्वाचित भएका छन् ।
दोस्रो चरणमा महिलाहरुलाई प्रमुख पदमा सहभागी गराउन पार्टीमा पहल गरिहेको बताउँछिन्, अखिल नेपाल महिला संघका अध्यक्ष गोमा देवकोटा ।
महिलाहरुलाई समाजले विश्वास नगरिसकेकोले महिलाहरुलाई नेतृत्व तहमा पुर्याउन चुनौती रहेको भन्दै कांग्रेस नेत्री शोभा अर्याल पनि महिलाहरुलाई नेतृत्व तहमा ल्याउन आफ्नो पाटिलाई बारम्बार घच्घचाइरहेको बताउँछिन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
प्रतिक्रिया दिनुहोस्