प्रधानमन्त्री देउवासँग अमेरिकी राजदूतको भेटवार्ता « Image Khabar


प्रधानमन्त्री देउवासँग अमेरिकी राजदूतको भेटवार्ता


Imagekhabar
२५ जेष्ठ २०७४, बिहीबार २१:०१

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार भएको भेटमा प्रधानमन्त्री देउवाले अमेरिकाले नेपाललाई विभिन्न क्षेत्रमा गर्दै आएको सहयोगको उच्च प्रशंसा गर्दै आगामी दिनमा सहयोगको निरन्तरता र थप वृद्धि हुँदै जाने विश्वास व्यक्त गरे ।

सो अवसरमा राजदूत टेप्लिजले नवनिर्वाचित प्रधानमन्त्री देउवालाई बधाइ दिँदै उनको कार्यकालको पूर्ण सफलताको शुभकामना व्यक्त गरेको प्रधानमन्त्री देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

भेटमा राजदूत टेप्लिजले प्रधानमन्त्री देउवाको कार्यकालमा नेपाल र अमेरिकाबीचको सम्बन्ध थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरेकी थिइन् । रासस

प्रतिक्रिया दिनुहोस्