३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


बेलायतमा सत्तारुढ दलले बहुमत गुमाउने संकेत


0
Shares

यद्यपि, प्रधानमन्त्री थेरेसा मे नेतृत्वको कन्जरभेटिभले बहुमत भने गुमाउने देखिएको छ । जबकि बिपक्षी लेबर पार्टीले भने परिणाममा सुधार गर्दै केही सीट बढाउने आंकडाहरुले देखाएका छन् ।

संसदको ६ सय ५० सीटका लागि भएको निर्वाचनको सबै परिणाम आजैसम्ममा आउने छ । स्पष्ट बहुमतका लागि ३२६ सीट जरुरी पर्नेछ ।

कन्जरभेटिभले ३१४ सीटमात्र ल्याउने र १७ सीट नोक्सान हुने अनुमान गरिएको छ । जबकी लेबरले ३४ सीट बढाउँदै २६६ सीट ल्याउन सक्ने अनुमान छ ।

बेलायत यूरोपियन यूनियनबाट बाहिरिने वा नबाहिरिने विषयमा भएको जनमत संग्रहमा बाहिरिने पक्षमा नतिजा आएपछि कन्जरभेटिभ पार्टीका प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिएका थिए । त्यसपछि सोही पार्टीबाटै थेरेसा मे नयाँ प्रधानमन्त्री बनेकी हुन् ।

संसदको समय अझै रहेपनि उनले तीन वर्ष अगावै निर्वाचन गराएकी हुन् । (एजेन्सी)