सरकारमा सम्मानजनक स्थान दिन राप्रपाको माग « Image Khabar


सरकारमा सम्मानजनक स्थान दिन राप्रपाको माग


Imagekhabar
२६ जेष्ठ २०७४, शुक्रबार ०८:०८

नेपाली कांग्रेसको आग्रहमा सो पार्टीका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरिएको तर कांग्रेसले प्रतिबद्धता उल्लङ्घन गरेको राप्रपाको गुनासो छ । राप्रपाले यसबारे आवश्यक निर्णय गर्न महामन्त्री जयन्त चन्दको संयोजकत्वमा प्रमुख सचेतक कुन्तीकुमारी शाही र नेता दिलनाथ गिरी सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

कार्यदलका सदस्य गिरीले सरकारमा सहभागिताका लागि एक पटक कांग्रेस तथा नेकपा माओवादी केन्द्रसँग संयुक्त बैठक बसे पनि मन्त्रालय बाँडफाँडका विषयमा टुङ्गो लाग्न नसकेको बताए ।

पार्टीका प्रवक्ता भुवन पाठकले संसदमा चौथो स्थानमा रहेको पार्टीलाई सरकारमा सम्मानजनक स्थान नदिइए सहभागिताका लागि मात्र सरकारमा नजाने बताए । सो पार्टीका ३७ सांसद् छन् । (रासस)

प्रतिक्रिया दिनुहोस्