
नक्कली नम्बर प्लेट राखेर चलाइएका ती मोटरसाइकल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले फेला पारेको हो ।
चार लाखसम्म पर्ने ती मोटरसाईकल प्रहरी नायब उपरीक्षक यादवराज ढकालले धनीहरु अमितनरसिंह शाक्य, अरबिन्दकुमार सिंह र सन्जु राईलाई बुझाएका हुन् ।
चोरीका मोटरसाईकल अवैध घरेलु मदिरा, काठ तस्करी, लागू औषध ओसार पसार, चोरीलगायतका अवैध क्रियाकलापमा प्रयोग गर्ने गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्