३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


उत्तर कोरियाविरुद्ध ईयूले थप प्रतिबन्ध लगाउने


0
Shares

युरोपियन युनियन (ईयू)ले उत्तरविरुद्ध थप प्रतिबन्धको तयारी गरेको हो । क्षेप्यास्त्र तथा आणविक हतियार परीक्षणकै विषयमा केही व्यक्ति र संघसंस्थाविरुद्ध प्रतिबन्ध लगाउने संयुक्त राष्ट्रसंघको निर्णयलाई मान्दै थप १४ उच्च अधिकारी र चार संघ संस्थालाई प्रतिबन्ध लगाउने तयारी गरिएको हो ।

पछिल्लो तयारीसहित ५३ उत्तर कोरियाली उच्च अधिकारी र ४६ संघसंस्था प्रतिबन्धित सूचीमा परेका छन् । युरोपेली आयोगले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को संकल्प प्रस्ताव अनुरुपै प्रतिबन्ध लगाउने निर्णय लिएको हो ।

बिहीबार मात्रै उत्तर कोरियाले एकै पटक चारवटा क्षेप्यास्त्र परीक्षण गरेको दावी दक्षिण कोरियाको छ । छोटो दुरीका ती क्षेप्यास्त्र दक्षिण कोरियालाई निशाना बनाउने क्षमताको रहेको बताइएको छ ।

संयुक्त राष्ट्र संघले प्रतिबन्ध लगाएपनि उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्न रोकेको छैन । (एजेन्सी)