दोस्रो चरणको स्थानीय तह निर्वाचनअघि संविधान संशोधन असम्भव : प्रधानमन्त्री देउवा « Image Khabar


दोस्रो चरणको स्थानीय तह निर्वाचनअघि संविधान संशोधन असम्भव : प्रधानमन्त्री देउवा


Imagekhabar
२६ जेष्ठ २०७४, शुक्रबार १५:३२

शुक्रबार व्यवस्थापिका–संसद बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले दोस्रो चरणको निर्वाचनपछि संविधान सशोधन गराएरै छाड्ने भन्दै राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी हुन आग्रह गरे ।

उनले आफूले मधेसकेन्द्रित दलले उठाएको विषयलाई नै सम्बोधन गर्ने गरी स्थानीय तहको संख्या थप्न प्रयास गरे पनि अदालतको निर्णयले रोकिएको बताए ।

प्रधानमन्त्री देउवाले तत्काल संविधान संशोधन प्रस्ताव पारित हुने सम्भावना नरहेको भन्दै निर्वाचनपछि पारित नै हुने गरीमात्र संविधान संशोधन प्रस्तावलाई अघि बढाउन चाहेको बताए ।

ंप्रधानमन्त्री देउवाले संविधान कार्यान्वयन, स्थानीय तहको दोस्रो चरणको निर्वाचन तथा संघ र प्रदेशको निर्वाचन नै सरकारको उच्च प्राथमिकताको विषय हुने बताए ।

उनले भरतपुुर महानगरपालिकामाजस्तै यसअघि पनि मतपत्र च्यातिने काम भएको र त्यसमा पनि निर्वाचन आयोगकै निर्णय अन्तिम हुने गरेको भन्दै अदालतले नै हात हालिसकेको विषयमा आफूले धेरै टिप्पणी नगर्ने बताए ।

यसअघि, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले भरतपुरमा मतपत्र च्यातिएकोबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

उनले राष्ट्रिय सहमतिमा जोड दिएपछि प्रधानमन्त्री दाहालले सहमतीय राजनीतिका लागि आफू तयार रहेको भन्दै विपक्षीविहीन संसदको कल्पना भने कठिन हुने धारणा राखे ।

 

प्रतिक्रिया दिनुहोस्