
शुक्रबार विराटनगरमा सन्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले अब निर्वाचनको मिति नसर्ने भन्दै असार १४ को निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।
उनले जेठ ३१ मा तय भएको निर्वाचनलाई दलीय सहमतिको आधारमा असार १४ गते सारिएको भन्दै अब असार १४ मै निर्वाचन गराउनुबाहेक आयोगसँग अरु विकल्प नरहेको पनि प्रस्ट पारे ।
निर्वाचन आयोगमा दर्ता नभएका दलहरुलाई स्वतन्त्र उम्मेदवारका रुपमामात्र चुनाव चिह्न प्रदान गर्न सकिने पनि प्रमुख आयुक्त यादवले बताए ।
प्रतिक्रिया दिनुहोस्