Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


बाल स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न


0
Shares

‘भोकविरुद्ध संघर्ष’ नामक संस्थाको आयोजनामा बिहीबारदेखि सुरु भएको सम्मेलनमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल विशेषज्ञ÷अनुसन्धानकर्ताले फरक–फरक देशका अनुभव आदानप्रदानले सिकाइ निकै महत्वपूर्ण भएको बताए ।

बाल स्वास्थ्य र विकासका क्षेत्रमा विश्वमै देखिएका समस्या समाधान गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बालविकास र मानसिक स्वास्थ्यका विषयमा विज्ञहरूद्वारा १५ ओटा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

सो संस्थाको मुख्य कार्यालय पेरिसस्थित मानसिक स्वास्थ्य र हेरचाह अभ्यासका अनुसन्धान कार्यक्रम अधिकृत डा.करिन ले रोचले विपन्नताले गर्दा बाल स्वास्थ्यमा चुनौती थपिएकाले सरकारले पोषण नीति नै ल्याएर सुधार गर्नुपर्ने बताइन् ।

उनले भनिन्,–‘खासगरी बच्चाको पोषण, स्वास्थ्यमा हेरचाह, मसाज गर्ने, उत्प्रेरणा जगाउने, खेलौना बनाएर थरिथरि तरिकाले खेलाउने र मनोरञ्जनमा ध्यान दिनुपर्छ ।

सम्मेलनमा नेपाल, भारत, अमेरिका, बंगलादेश, बेलायत, दक्षिण अफ्रिकालगायतका देशका बाल अनुसन्धानकर्ताहरु पोषणको अभावमा बालबालिकाले जोखिमपूर्ण जीवनयापन गर्नु परेको अवस्था विश्वमै देखिएकाले त्यसलाई न्यूनीकरण गर्दै लैजान सबै राष्ट्रले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने कुरामा सहमत भएका छन् । रासस