२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


पूर्वी र पश्चिमी वायुको प्रभावले वर्षा, भोलि तराईका धेरै स्थानमा वर्षात् हुने


0
Shares

फाइल फोटो

उक्त वायुको प्रभावले आज काठमाडौं उपत्यकासहित देशका पूर्वी र पश्चिमी भेगमा बद्लीसँगै वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दुवै वायुको प्रभावसँगै मनसुनी गतिविधिपनि सक्रिय हुन थालेकाले वर्षात् र बद्ली भएको र यो केही दिन जारी रहने मौसमविद् सुजन सुवेदीले राससलाई जानकारी दिए ।

उनका अनुसार आज देशका पहाडी भेगमा बद्ली र अन्य स्थानमा आंशिक बद्ली रहेको छ, भने केही स्थानमा वर्षात् भएको छ । शनिबार पहाडका केही भेग र तराईका धेरै स्थानमा वर्षात् हुनेछ ।

काठमाडौंमा अपराह्न भारी वर्षात् भएको छ, जसका कारण उपत्यकाका कतिपय स्थानमा केहीबेर सडक अवरुद्धसमेत भएको थियो । मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार काठमाडौंमा ११ मिलिमिटर वर्षात् भएको छ ।

त्यस्तै, धरानमा १७ र डडेलधुरामा नौ मिलिमिटर वर्षात् भएको छ । आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ र अधिकतम ३० डिग्रीसेल्सियस रहेको छ । रासस