१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


काठमाडौंदेखि बनेपासम्म साइकलर्‍याली हुँदै


0
Shares

शनिबार (भोलि) बिहान कोटेश्वरदेखि बनेपासम्मको साइकलर्‍यालीको उद्घाटन विश्व साइकलयात्री पुष्कर शाहले गर्नेछन् ।

रोटर्‍याक्ट नेपाल डिष्ट्रिक ३२९२ को आयोजना र द युथ फाउन्डेसनको सहआयोजनामा र्‍यालीसहित गोष्ठी हुन लागेको हो ।

साइकलयात्रा भक्तपुरको दरबार क्षेत्र हुँदै बनेपा पुग्ने रोटर्‍याक्ट नेपाल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक्ट रोटर्‍याक्ट रिप्रिजेन्टेटिभ (डीआरआर) रोटर्‍याक्टर सुशीलकुमार कार्कीले जानकारी दिए ।

बनेपामा पुगेपछि सडक सुरक्षालगायतका विषयमा गोष्ठी हुने जनाइएको छ । गोष्ठीमा सडक विभागका उपमहानिर्देशक सरोज प्रधान, ट्राफिक प्रहरीका डीएसपी सविन प्रधान, रोटरीका नुगल वैद्य र राम भण्डारीले सडक सुरक्षाबारे जानकारी गराउने कार्कीले बताए ।

गोष्ठीमा करिब ३०० जनाको सहभागिता रहने जनाइएको छ ।