
केदार कटुवाल/ईमेज
उदयपुर । उदयपुरमा तामाङ समुदायहरुले सोनाम ल्होसार भब्य रुपमा मनाएका छन् ।
मन्जुश्री २८५५ फाग ल्हो सोनाम ल्होसार प्रथम चौदण्डीगढीले कुकुर बर्षलाइ बिदा गर्दै मनाएको हो । ल्होसार कार्यक्रम नेपाल तामाङ धेदुङ चौदण्डीगढी नगर समितिले आयोजना गरेको हो ।
कार्यक्रममा राज्यले आदीबासी जनजातीलाई उपेक्षा गरेको बताउँँदै उपस्थित बक्ताहरुले सम्पूर्ण जनजातिका चाड पर्बका सार्वजनिक विदा कटौती गरिएकाले अब अधिकारका लागि आन्दोलन समेत गर्न तयार रहनु पर्ने बताए ।
प्रदेस ३ ले मात्र चाडपर्वलाइ स्विकार गरेको र बाँकी ६ वटा प्रदेशले सम्बोधन नगरेकोे उदयपुरका तामाङ समुदायको रहेको छ ।
फागुन २२ गते सम्ममा चाडपर्बलाइ संघीय राज्यले मान्यता नदिए आन्दोलनको बिकल्प नभएको नेपाल लामा संघका केन्द्रीय उपाध्यक्ष धर्म लामाले बताए ।
सरकारी जागिरमा रहेका तामाङ जातीले दसैं तिहारमा बिदा नलिन र दशैं खर्च समेत ल्होसारमा बुझेर तामाङको महान पर्बमा रमाइलोसंग मनाउन उनले आग्रह गरे ।
चन्द्रमास अनुसार ३७४ दिनको बर्षको रुपमा मनाउने तामाङ जातिले यस बर्षलार्इ बँदेल बर्षको रुपमा मनाउँदैछन ।
कार्यक्रम चौदण्डीगढी नगरप्रमुख खगेन्द्र राइको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्