२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राजस्वका निलम्बित महानिर्देशक शर्मामाथि अनुसन्धान गर्न ६ दिन म्याद थप


0
Shares

                                                                                   फाइल फोटो

भ्रष्टाचारका अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा यही जेठ १९ गते पक्राउ परेका शर्मालाई आयोगले भ्रष्टाचार अभियोगमा अनुसन्धान गर्न म्याद थपका लागि दिएको निवेदनअनुुसार न्यायाधीशद्वय मोहनरमण भट्टराई र नरेन्द्र शिवाकोटीको संयुक्त इजलासले शुक्रबार ६ दिनको म्याद थप गरेको हो ।

यही जेठ २१ गते आइतबार शर्मालाई सातदिन थुनामा राख्न अनुमति दिएको थियोे ।

आयोगले कर निर्धारणका विषयमा छलफल गर्न गत शुक्रबार महानिर्देशक शर्मालाई आयोगको कार्यालयमा बोलाएकोमा पक्राउ गरी हिरासतमा राखेको थियो । रासस