
फाइल फोटो
दाहाल निवास लाजिम्पाटमा शुक्रबार साँझ भएको भेटवार्तामा मन्त्रिमन्डल विस्तार गर्ने र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा राजपालाई सहभागी गराउन सक्दो पहल गर्ने विषयमा छलफल भएको थियो ।
दाहाल प्रेस संयोजक मनहरि तिमिल्सिनाकाअनुसार करिब आधा घन्टा भएको भेटवार्तामा सरकार सन्चालनका लागि समान नीति बनाउने र शनिबार बिहान ११ः३० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा छलफल गर्न उनीहरु सहमत भएका छन् ।
सोही सहमतिअनुसार शनिबार नेपाली कांग्रेस, माओवादी केन्द्र र राजपाका नेताबीच बैठक गरी सहमति खोज्ने प्रयास गरिनेछ ।
सरकारले निरन्तर राजपालाई निर्वाचनमा आउन आग्रह गर्दै आएको छ । रासस
प्रतिक्रिया दिनुहोस्