२४ श्रावण २०८२, शनिबार | Sun Aug 10 2025


बागमती सरसफाई अभियान तीनसयौं हप्तामा


0
Shares

काठमाडौं । साप्ताहिक रुपमा बागमती सरसफाई अभियान शुरु गरिएको ३ सयौं हप्ता पुगेको छ ।

३ सयौं हप्ता पुगेको अवसरमा आगामी शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा विशेष कार्यक्रम गरिने भएको छ ।

शहरी विकास मन्त्रालयले आज पत्रकार सम्मेलन गरि विक्रम संवत २०७० साल जेठ ५ गतेदेखि साप्ताहिक रुपमा बागमती नदी सफाइ गर्ने अभियान शुरु भएको र आगामी शनिबार ३ सयौं हप्ता पुग्ने जानकारी दिएको हो ।

आगामी शनिबार ‘स्वच्छता मेरो पहिचान, सफाईमा मेरो योगदान’ भन्ने नारासहित प्रधानमन्त्री ओलीको सहभागितामा मनोहरा दोभानमा कार्यक्रम गरिने पनि जानकारी पत्रकार सम्मेलनमा दिइयो ।

सो अवसरमा शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले नागरिक सचेत नभएसम्म यस्ता अभियान सफल हुन नसक्ने बताइ ।

सफाइ अभियानका क्रममा बागमती र त्यसका सहायक नदीहरुबाट करीब १८ हजार मेट्रिक टन फोहोर संकलन गरिएको र झण्डै १० लाख मानिस अभियानमा सहभागी भईसकेको दाबी पनि गरिएको छ ।