अवतरणको क्रममा मनाङ एयरको हेलिकप्टरमा क्षति « Image Khabar


अवतरणको क्रममा मनाङ एयरको हेलिकप्टरमा क्षति


Imagekhabar
२७ जेष्ठ २०७४, शनिबार १०:४४

६ जना यात्रु बोकेको उक्त हेलिकप्टरको टेलरोटर (पुच्छरको भाग) गोसाइँकुण्डको हेलिप्याडमा अवतरण गर्ने क्रममा ठोक्किँदा सामान्य क्षति भएको मनाङ एयरले जनाएको छ ।

हेलिकप्टरका यात्रु र चालक सबै सकुशल रहेका छन् ।

हेलिकप्टर मर्मत गरी काठमाडौं लान र गएका यात्रु फिर्ता लैजान प्राविधिक टोलीसहित दुई वटा हेलिकप्टर काठमाडौँबाट गोसाइँकुण्ड पठाइसकिएको बताइएको छ । क्षतिको थप विवरण आउन बाँकी छ । (रासस)

प्रतिक्रिया दिनुहोस्