२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कांग्रेसले आज उम्मेदवार टुंगो लगाउने


0
Shares

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको नेपाली कांंग्रेस कार्यसम्पादन समितिको बैठकले प्रायःजसो जिल्लामा उम्मेदवारी टुंगो लगाएको छ भने बाँकी जिल्लाको पनि आजै टुंगो लगाउने भएको छ ।

बैठकपछि कांग्रेस नेता अर्जुननरसिंह केसीले आकांक्षी धेरै भएकाले उम्मेदवार छान्न समस्या भएको र छलफलपछि टुंग्याउने जानकारी दिए ।

बैठकमा सरकारलाई पूर्णता दिने विषयमा पनि छलफल भएको थियो । यसमा कार्यदलले गृहकार्य गरेपछि पार्टीभित्र पुनः छलफल गर्ने सहमति भएको छ ।