२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


जबर्जस्ती चुनाव गर्न खाजे जनविद्रोह हुन्छ : राजेन्द्र महतो


0
Shares

प्रेस मञ्च नेपालले शनिबार राजविराजमा गरेको पत्रकार सम्मेलनमा महतोले संविधान संशोधनबिना कुनै पनि हालतमा राजपा नेपाल चुनावमा नजाने दाबी गर्दै जबर्जस्ती चुनाव गराउन खोजिए जनविद्रोह हुने चेतावनी दिए ।
उनले केही मधेसवादी दलले मधेसी जनतालाई धोका दिएको आरोपसमेत लगाए ।

राजपाका अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादवले आफूहरुका मागका विषयमा भ्रम फिँजाउने काम भइरहेको आरोप लगाए । उनले दल दर्ता र चुनाव चिन्हकै लागि आन्दोलन गरिरहेको कुरामा सत्यता नरहेको भन्दैै आफुहरुसँग ६ वटा चुनाव चिन्ह सुरक्षित रहेको बताए ।

संविधान संशोधन विना चुनावमा गए मधेसी जनतामाथिको उत्पीडन कायमै रहने उनको भनाइ थियो ।