१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


जेष्ठ नागरिक भन्छन्: ‘दैनिकी चल्ने सेवा सुविधा उपलब्ध गराइदेउ’


0
Shares

नेपाल ज्येष्ठ जनसमाजको २२ औं वार्षिकोत्सवका अवसरमा आज राजधानीमा गरिएको कार्यक्रममा ज्येष्ठ नागरिकहरुले मासिक खाना र लत्ताकपडा किन्नसम्म पुग्ने गरी सेवा सुविधा उपलब्ध गराउन माग गरेका हुन् ।

ज्येष्ठ जनसमाजका सचिव नातिकाजी महर्जनले ज्येष्ठ नागरिकहरु समाजका गहना भएकाले उनीहरुका लागि छुट्टै आवासको व्यवस्था गरिदिनुपर्ने बताए ।

सरकारले जग्गा उपलब्ध गराए आफूहरु वृद्धाश्रम निर्माण गर्ने योजनामा रहेको उनको भनाइ थियो ।

समाजका सदस्य श्रीकृष्णमुरारी गौतमले ज्येष्ठ नागरिकहरु एक्लै घरमा बस्नुपर्ने बाध्यतामा रहेकाले उनीहरुलाई विभिन्न अनौपचारिक शिक्षा दिएर सूचना प्रविधिमैत्री बनाउन सहयोग गर्नुपर्ने बताए ।

उनले ज्येष्ठ नागरिकमैत्री समाज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममका संस्थालाई विभिन्न सहयोग उपलब्ध गराउनेहरुलाई सम्मानसमेत गरिएको थियो ।