कोरिया भाषा परीक्षामा ७५ हजार सहभागी, १० हजार पास हुने « Image Khabar


कोरिया भाषा परीक्षामा ७५ हजार सहभागी, १० हजार पास हुने


Imagekhabar
२७ जेष्ठ २०७४, शनिबार १९:३०

इपिएसअन्तर्गत दक्षिण कोरिया जानका लागि फारम भरेका युवाले शनिबार र आइतबार भाषा परीक्षा दिँदैछन् ।

यो वर्ष दक्षिण कोरियाले नेपालबाट उत्पादन र कृषि क्षेत्रमा गरी १० हजार २ सय युवालाई लैजाने छ ।

त्यसका लागि ७५ हजार ५ सय ८० परीक्षार्थी भाषा परीक्षामा सहभागी हुने वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखाले जनाएको छ ।

इपिएस पद्धतीमा कोरियाले नेपालसहित १६ देशबाट कामदार लैजाने गरेको छ । यो वर्ष कृषि क्षेत्रमा ५४ हजार र बाँकीले उत्पादन क्षेत्रका लागि परीक्षा दिँदैछन् ।

भाषा परीक्षाको नतिजा आउँदो असार १६ गते आउने ईपिएस कार्यालयले जनाइएको छ ।

यसपटक कोरियाले नेपालबाट कृषि क्षेत्रमा ६ हजार २ सय र उत्पादनमूलक क्षेत्रमा चार हजार कामदार लैजाने छ ।

प्रतिक्रिया दिनुहोस्