९ चैत्र २०७९, बिहिबार | Thu Mar 23 2023


भारतसँगको व्यापार घाटा एकपक्षीय भयो : चेम्बर


0
Shares

 काठमाडौं, असार १९ । नेपाल चेम्बर अफ कमर्सले भारतसँगको व्यापार घाटा एकपक्षीय रहेको भन्दै गम्भीर बन्नुपर्नेमा जोड दिएको छ ।

‘कन्फेडेरेसन अफ वेस्ट बंगाल ट्रेड एसोसिएसन’को उच्चस्तरीय प्रतिनिधिमन्डलसँगको ‘बिजनेस टू बिजनेस प्रवद्र्धन’का लागि चेम्बरले मंगलबार राजधानीमा गरेको कार्यक्रममा यस्तो बताइएको हो ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यापार घाटा कम गर्न सरकार र निजी क्षेत्रबीच पारस्पारिक व्यापार प्रवद्र्धनमा सहकार्य आवश्क रहेको बताए ।

उनले नेपाल र भारत दुवै देशका सरकार र निजी व्यवसायीहरुकाबीचमा पारस्पारिक व्यापार प्रवद्र्धनमा हुने सहकार्यलेमात्र दुवै देशको आर्थिक समृद्धि हासिल हुनसक्ने बताए ।

नेपालले आफ्नो सीमा जोडिएका भारतीय राज्यहरुसँगको व्यापारबाट नेपाली व्यवसायी, नेपाली जनता र सिंगो नेपालले फाइदा लिनुपर्नेमा चेम्बरले जोड दिएको छ ।

‘कन्फेडेरेसन अफ वेस्ट बंगाल ट्रेड एसोसिएसन’का अध्यक्ष शुशील पोद्दारले दुई–पक्षीय व्यापार तथा वाणिज्यसम्बन्धी सम्बन्ध थप बलियो बन्दै जानुपर्ने बताए ।

नेपालको तराई र नजिकका भारतीय राज्यहरुका मानिसको भाषा, संस्कृति र सम्बन्ध विशेष रहेको र नेपालले भारतीय ती राज्यहरुको आर्थिक विकास र प्रगतिबाट लाभ लिनुपर्ने उनको भनाइ थियो ।

उनले आफूहरुले नेपालसँगको कूटनीतिक सम्बन्धमात्रै नभइ व्यापारिक सम्बन्ध पनि सन्तुलित रहेको हेर्न चाहेको बताए ।