
लमजुङ । दुइसाता अघि परेको हिउँ विलाउन नपाउँदै भएको हिउँबर्षाले हिमाली जिल्ला मनाङको जनजीवन कष्टकर बनेको छ ।
मनाङमा बुधबार रातीदेखि निरन्तर हिउँ परिरहेको छ । हिमपात र बर्षापछि मनाङको तापक्रम घटेर माइनस २० डिग्रीसेल्सियस पुगेको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले टंकी मनाङ, खाङ्सार, माथिल्लो मनाङ, हुम्डे, पिसाङ, ढिकुरपोखरी लगायतका ठाउँमा हिमपात भएको बताए ।
चामेदेखि तल्लो भागहरु तिमाङ, दानक्यु र बगरछापमा हिमपात रोकिएर बर्षा भैरहेको छ । हिमपातसँगै तिव्र गतिको हावा चलेपछि अत्याधिक चिसो बढेको छ ।
हिमपात र बर्षाका कारण मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । सरकारी तथा स्थानीय तहका सेवाहरु प्रभावित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्