३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


अलैंची खेतीमा किसानको आकर्षण


0
Shares

परम्परागत खेतीबाट भन्दा अलैंचीबाट धेरै आम्दानी हुने भएपछि उनीहरु त्यसतर्फ आकर्षित भएका हुन् । तेह्रथुमका ग्रामीण क्षेत्रका किसानले यसअघि खोल्सा खोल्सीमा मात्र अलैंची खेती गर्दै आएका थिए ।

खोल्सीको कालो सुनको उपमा पाएको अलैंची खेती विस्तार गर्दै किसानहरुले धान, मकै, कोदो जस्ता परम्परागत अन्नबाली लगाउने खेतबारी समेत मास्न थालेका छन् । बर्सेनि अलैंचीको मूल्य आकासिँदै जाँदा अन्नबाली लगाउने किसानको ध्यान जिल्लाको प्रमुख नगदेबालीको रुपमा खेती भइरहेको अलैंचीले तानेको हो ।

कम मेहनत र लगानीमै राम्रो आम्दानी गर्न सकिने भएपछि अलैंची खेतीमा लागेको किसानहरु बताउँछन् । अन्नबाली लगाउँदा खेतबारीमा काम गर्ने कामदारको अभाव हुँदै गएकाले पनि किसानले अलैंची खेती रोज्न थालेका हुन् ।

जिल्लामा ६ सय २५ हेक्टर क्षेत्रफलमा अलैंची खेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।