२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


निर्वाचन मिति सारेर मधेसी दललाई सहभागी गराउन महतोको आग्रह


0
Shares

विराटनगरमा आइतबार गरिएको पत्रकार सम्मेलनमा नेता महतोले संविधान संशोधन गरे मधेस केन्द्रीत दल पनि चुनावमा सहभागी हुने बताएका हुन् ।

नेता महतोले मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता, जनसंख्याका आधारमा गाउँपालिका र नगरपालिकाको संख्या थप नभएसम्म आफूहरु निर्वाचनमा जान नसक्ने स्पष्ट पारे ।

निर्वाचनमा सहभागी हुन आफूहरु इच्छुक भए पनि सरकारले माग पूरा गर्न आलटाल गरेको उनको भनाइ थियो ।