राजनीतिक दल दर्तासम्बन्धी ऐन संशोधन हुने « Image Khabar


राजनीतिक दल दर्तासम्बन्धी ऐन संशोधन हुने


Imagekhabar
२८ जेष्ठ २०७४, आईतवार १५:५४

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई निर्वाचनमा सहभागी गराउन यससम्बन्धी विधेयक व्यवस्थापिका–संसदमा दर्ता गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी यही जेठ ३० गते स्विट्जरल्यान्डको औपचारिक भ्रमणमा जानु हुने भएकाले उक्त भ्रमणलाई बैठकले स्वीकृति दिएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

राष्ट्रपति भण्डारी अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशकको निमन्त्रणामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको जेनेभामा हुने १०६औँ अधिवेशनको सत्रमा प्रमुख वक्ताका रुपमा सम्बोधन गर्न स्विट्जरल्यान्ड जान लागेकी हुन् ।

त्यस्तै, जापानका विभिन्न विश्वविद्यालयमा ‘जापान डेभलपमेन्ट स्टडिज’ अन्तर्गत अध्ययन गर्न जाने २० जना निजामती कर्मचारीलाई रु २६ करोड ५३ लाख बराबरको अनुदान सहयोग उपलब्ध गराउने स्वीकृति पनि बैठकले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्