१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


जथाभावी सडक काट्ने २२ हजार बटुवा कारबाहीमा, ‘अभियान सफल भयो’: प्रहरी(भिडियो)


0
Shares

-मिरा बस्नेत र दिलिप पोखरेल(ईमेज)

महानगरीय ट्राफिक प्रहरीले यो अभियान सफल भइरहेको दाबी पनि गरेको छ ।

चर्को आलोचनाकाबीच सुरु भएको अभियान सफल हुदै गएको र जथाभावी सडक काट्ने प्रवृत्तिमा ब्यापक सुधार आएको दाबी महानगरीय ट्राफिक प्रहरी महाशाखाले गरेको छ ।

महाशाखाका प्रमुख डीआइजी मीङ्मार लामाले जथाभावी बाटो काट्ने पैदल यात्रुको संख्या घट्दै गएकोले अभियान सफलताको बाटोतिर लागेको दाबी गरे ।

ट्राफिक प्रहरीले जेब्राक्रसिङ र आकाशेपुल भएका स्थानमा मात्र यो नियम लागू गरिरहेको छ ।

उपत्यकाका सडकमा अधिकाशं स्थानमा जेब्रा क्रसिङको सुबिधा नभएकाले सवैतिर यो नियम लागु गर्न नसकेको ट्राफिक प्रहरीको गुनासो रहँदै आएकोमा अहिले जेब्राक्रसिङ बनाउने कामले तिब्रता लिएको बताइएको छ ।

अधिकाशं स्थानमा जेब्राक्रसिङ बनाउने काम सकिसेको र अबको १ सातामा सबै स्थानमा जेब्रक्रसिङ बसिसक्ने दाबी डीआइजी लामाको छ ।

जेब्राक्रसिङमै सवारी चालकले गाडी हुँइकाउने र कतिपय डरलाग्दा सवारी दुर्घटना जेब्राक्रसिङमै भएकोतर्फ प्रहरी वा सम्बन्धित निकायले ध्यान नदिएको गुनासो सर्वसाधारणको रहने गरको छ ।

महाशाखाका प्रमुख लामाले भने जेब्रक्रसिङमा नरोक्ने र त्यस्ता स्थानमा दुर्घटना गराउने चालकले कुनै हालतमा उन्मुक्ति नपाउने बताउँछन् ।

उपत्यकामा ‘नो हर्न’को सफलतापछि ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने विरुद्ध कारबाही सुरु गरेको हो ।

यसपछि वायु प्रदुषण नियनत्रणको अभियान थाल्ने योजनामा ट्राफिक प्रहरी रहेको छ ।