१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


राजपा नेतृत्वको गठबन्धन पुनः आन्दोलनमा, निर्वाचनमा सहभागी नहुने


0
Shares

गठबन्धनको आज बसेको बैठकले निर्वाचन प्रभावित गर्ने गरी तेस्रो चरणको सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ ।

गठबन्धनले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको विरोधका कार्यक्रमअनुसार जिल्ला सदरमुकाममा धर्ना, जुलुसदेखि आम हड्तालसम्मका कार्यक्रम छन् ।

यसबीचमा आफ्ना माग सम्बोधन भएको खण्डमा सहमतिमा आउन तयार रहेको गठबन्धनले जनाएको छ ।

सरकारले सो गठबन्धनलाई निर्वाचनमा सामेल गराउन मिति सार्नाका साथै निर्वाचनसम्बन्धी कानुन संशोधन गरेको थियो । रासस