
आज बाँकेको नेपालगञ्जमा भएको उम्मेद्वार घोषणा सभामा अध्यक्ष ओलीले सबै विषयमा अब असार १४ को निर्वाचनपछि मात्र छलफल हुने बताए ।
उनले असार १४ गते हुने स्थानीय तह निर्वाचनको मिति हेरफेर नहुने दावी पनि गरे ।
तराई मधेसलाई सबैभन्दा बढी माया गर्ने पार्टी एमाले भएको उल्लेख गर्दै उनले तराई र मधेसको विकासका लागि एमालेको विकल्प नरहेको जीकिर गरे ।
एमालेलाई कमजोर नबनाई देशलाई कमजोर बनाउन सकिदैन भन्ने बुझेका शक्तिहरुले एमालेविरुद्ध षडयन्त्र गरिरहेको उनको आरोप थियो ।
पहिलो चरणको स्थानीय तह निर्वाचनमा पहिलो दल बनेको एमाले दोस्रो चरणको निर्वाचनमा पनि पहिलो नै बन्ने उनको दावी थियो ।
प्रतिक्रिया दिनुहोस्