११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


सनराइज क्यापिटलको रजतजयन्ती


0
Shares

काठमाडौं, असार १९ । पुँजीबजारमा मर्चेन्ट बैंकिङसम्बन्धी कार्य गर्दै आएको सनराइज क्यापिटलले स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा रजतजयन्ती मनाएको छ ।

पुँजीबजारको विकासका लागि मर्चेन्ट बैकिङ सेवा प्र्रदान गर्ने उद्देश्यका साथ पहिलो मर्चेन्ट बैकिङ कम्पनीकारुपमा वि.सं. २०४९ सालमा ‘एनआइडीसी क्यापिटल मार्केट्स लिमिटेड’को नाममा स्थापना भएको थियो ।

पछि यस कम्पनीलाई सनराइज बैंकले प्राप्ती गरेपछि सनराइज क्यापिटल लिमिटेडको नामबाट कारोबार गर्दै आएको छ ।

२५ वर्षको अवधिमा कम्पनीले ८२ ओटा प्राथमिक सेयर निष्कासन र ७७ कम्पनीको हकप्रद निष्कासन गर्नुका साथै ३२ ओटा कम्पनीको सेयर प्रत्याभूति गरिसकेको जनाएको छ ।