२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तनहुँको चुँदीफाँटलाई चैतेधानको पकेट क्षेत्र बनाइने


0
Shares

जिल्ला कृषि विकास कार्यालय तनहुँले चैतेधानको उत्पादन बढाउन चुँदीफाँटलाई चैतेधानको पकेट क्षेत्रकोरुपमा विकास गर्न लागेको हो ।

सिँचाइ सुविधा पुगेपछि हर्दिनाथ जातको धानखेतीका लागि कृषकलाई प्रोत्साहन गर्न लागिएको हो ।

चुँदीबराह भानु र चुँदीखोला सिँचाइ आयोजनाबाट सिँचाइ सुविधा पुगेको त्यस ठाउँका कृषकले १६० हेक्टरमा धानखेती गरेका छन् ।

कृषि विकास कार्यालयले १ रोपनी क्षेत्रफलमा ५ टन चैतेधान उत्पादन गर्ने र कृषकलाई प्रोत्साहन अनुदानकोसमेत व्यवस्था गरेको वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारिले जानकारी दिए ।

तनहुँमा ३ हजार ५ सय हेक्टरमा चैतेधान खेती हुने गरेको छ ।

गत वर्ष १२ हजार २ सय ५० टन चैते धान उत्पादन भएको र यो वर्ष १३ हजार ५ सय टन उत्पादन हुने अनुमान गरिएको जिल्ला कुषि विकास कार्यालय तनहुँले जनाएको छ ।