२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


माधव नेपालको आरोप–‘निर्वाचन आयोगकै संलग्नतामा चुनावमा धाँधली’


0
Shares

पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनका नवनिर्वाचित पदाधिकारीहरुलाई शुभकामना दिन सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले राष्ट्रिय हितविपरीतका कुनैपनि काम एमालेलाई स्वीकार्य नहुने बताए ।

नेता खनालले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जनताको मन जित्ने गरी काम गर्न निर्देशनसमेत दिए ।

कार्यक्रममा अर्का एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पहिलो चरणको निर्वाचन धाँधलीपूर्ण भएको आरोप लगाए ।

उनले निर्वाचन आयोगकै संलग्नतामा कतिपय स्थानीय तहमा धाँधली भएको आरोप लगाउँदै निर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीय तहको विकासलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिए ।

कार्यक्रममा सहभागी स्थानीय जनप्रतिनिधिहरुले भने कानुनको अभावमा काम गर्न असजिलो भएको बताएका थिए ।

उनीहरुले स्थानीय तहका अधिकारकाबारेमासमेत अन्योल सिर्जना भएको गुनासो गरेका थिए ।