Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


युवतीमाथि सामूहिक बलात्कार, कारबाहीको माग राख्दै चक्काजाम


0
Shares

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पोखरेलका अनुसार आइतबार राति ८ः३० बजेतिर औरही बजारबाट फुलबरिया गइरहेकी २१ वर्षीया एक युवतीलाई औरही बजारभन्दा ९०० मिटर टाढा बाटा छेउ चार युवाले सामूहिक बलात्कार गरेका हुन् ।

प्रहरी नायब उपरीक्षक पोखरेलले बलात्कारी चारमध्ये एकजनालाई राति नै पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको र भने पीडित युवतीलाई पनि उद्धार गरेर स्वास्थ्य जाँच गराई प्रहरीकै निगरानीमा राखिएको बताए ।

सो घटनामा संलग्न फरार तीन युवाको खोजतलास भइरहेको जनाइएको छ ।

प्रहरीले ती युवतीको उद्धार र दोषीलाई पक्राउ गरेपछि आरोपीहरुका तर्फबाट प्रहरी चौकीमा ढुङ्गामुढा भएकाले प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायरका साथै गोलीसमेत चलाउनुपरेको थियो ।

आफ्नै निजी व्यावसाय गर्दै आएकी ती युवती बलात्कृत भएपछि दोषीउपर कानुनी कारबाहीको माग गर्दै औरही उद्योग वाणिज्य सङ्घले आज बिहान १० देखि १ बजेसम्म तीन घन्टा जलेश्वर–बर्दिबास सडकखण्डमा चक्काजाम गरेको छ । रासस