
उतार चढावबीच यस दिन पनि बजार परिसूचक नेप्से झण्डै १० अंक बराबरले ओरालो लागेर १५ सय ८० कायम भएर थामियो ।
कारोबार भएका सबै समूह ओरालो लागे । बीमा समूहमा सबैभन्दा उच्च ८१ अंकको गिरावट आयो ।
होटल समूह २८ अंकले र जलविद्युत समूह पनि २३ अंकले झरे । अरु समूह सामान्य अंकले ऋणात्मक रहे ।
यस दिन कारोबार पनि खुम्चियो । यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ३८ कम्पनीको ७ लाख ९८ हजार कित्ता शेयर ५० करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्