१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


नेपालगन्जमा बन्दको प्रभाव न्यून, पसल र यातायात खुल्ला


0
Shares

पूर्वी तराईमा बन्दको प्रभाव बढी देखिए पनि पश्चिम तराईको नेपालगन्जमा भने बन्दको सामान्य प्रभाव परेको हो ।

नेपालगन्जमा सार्वजनिक सवारी साधन पूर्णरुपमा चलेका छन् भने बजार कलकारखाना र विद्यालय पनि खुल्ला रहेको प्रहरीले जनाएको छ ।

आमहड्तालको आह्वान गरे पनि नेपालगन्जमा भने राजपाका कार्यकर्ताहरु कमै मात्र सडकमा देखिएका छन् ।

यसैबीच, बन्दको अवज्ञा गरेको भन्दै राजपाका कार्यकर्ताले नेपालगन्जमा बा १४ च १३८७ नम्बरको स्कार्पियो गाडी तोडफोड गरेका छन् ।

तोडफोडमा संलग्न रहेका राजपाका स्थानीय नेता ललितकुमार रौनियारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपेन्द्र यादवको नेतृत्वको संघीय समाजवादी फोरम र विजयकुमार गच्छदार लोकतान्त्रिक पार्टी चुनावको पक्षमा उभिएकाले पनि बन्दको प्रभाव न्यून देखिएको बताइएको छ ।

नेपालगन्जका चोक तथा नाकाहरुमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।