कांंग्रेसले उम्मेदवारहरुको नाम अझै टुंगो लगाउन सकेन « Image Khabar


कांंग्रेसले उम्मेदवारहरुको नाम अझै टुंगो लगाउन सकेन


Imagekhabar
३० जेष्ठ २०७४, मंगलवार १३:४९

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको नेपाली कांंग्रेस कार्यसम्पादन समितिको बैठकले सबै जिल्लाको नाम टुंग्याउने भने पनि नेताहरुबीच विवाद बढेपछि टुंग्याउन नसकेको हो ।

बैठकले प्रायः जिल्लामा उम्मेदवारी टुंगो लगाए पनि मोरङ, दाङ, सोलुखुम्बुलगायतका केही जिल्लाको नाम भने टुंग्याउन नसकेको हो ।

बैठकपछि कांग्रेस नेता महेश आचार्यले आकांक्षी धेरै भएकाले उम्मेदवार चयनमा समस्या भएको बताए ।

उनले भोलिसम्ममा सबै जिल्लाका उम्मेदवारको अन्तिम टुंगो लगाउने जानकारी दिए ।

बैठकमा नाम टुंग्याउन ढिलाई भएको भन्दै नेताहरुले असन्तुष्टि जनाएका थिए ।

उनीहरुले चुनावी प्रचारप्रसार र जिल्ला–जिल्लामा पार्टीको अवस्था बारेमा शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्