७ असार २०८२, शनिबार | Sat Jun 21 2025


फोरम–नयाँ शक्तिद्वारा रुपन्देहीमा उम्मेदवारको नाम सार्वजनिक


0
Shares

संयुक्तरुपमा चुनावी मैदानमा उत्रिएका फोरम र नयाँ शक्तिले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी स्थानीय तहका प्रमुख र उपप्रमुखका नाम सार्वजनिक गरेका हुन् ।

फोरम–नयाँ शक्तिले जिल्लाका १६ स्थानीय तहमध्ये बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकामा स्वतन्त्र उम्मेदवारलाई समर्थन गर्ने जनाएका छन् भने १४ ओटा स्थानीय तहमा आफ्नै दलका उम्मेदवारहरुलाई टिकट दिएका छन् ।

मसाल चुनाव चिह्न लिएर निर्वाचनमा होमिएका फोरम–नयाँ शक्ति गठबन्धनले रुपन्देहीको सदरमुकाम भैरहवाको प्रमुखमा अर्जुन जयसवाल र उपप्रमुखमा मीना विश्वकर्मालाई टिकट दिइएको छ ।

यस्तै, बुटवल उपमहानगरपालिकामा स्वन्तन्त्र उम्मेदवार होमबहादुर गलामीलाई र सैनामैना नगरपालिकामा स्वतन्त्र उम्मेदवार शारदा घिमिरेलाई समर्थन गर्ने दुबै दलले जनाएका छन् ।

तिलोत्तमा नगरपालिकाको प्रमुखमा ज्ञान भुर्तेल, उपप्रमुखमा जयन्ती भण्डारी र देवदह नगरपालिकाको प्रमुखमा पार्वती मरासिनी र उपप्रमुखमा तेजलाल डुम्रेलाई उम्मेदवार बनाइएको छ ।