२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


असार १४ को चुनाव अब कसैले रोक्न सक्दैन : यादव


0
Shares

मंगलबार विराटनगरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष यादवले जनता निर्वाचनको पक्षमा रहेको भन्दै अब यसलाई कसैले रोक्न नसक्ने बताए ।

उनले असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ढुक्क भएर मताधिकारको प्रयोग गर्न पनि सबैमा आग्रह गरे ।

अध्यक्ष यादवले लोकतन्त्रलाई संस्थागत गर्न निर्वाचन अनिवार्य विषय भएको पनि बताए ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको दोहोरो चरित्रका कारण मुलुकमा समस्या भएको उनको भनाइ थियो ।