२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


राजपाका परासी संयोजक चौधरीसहित १५ जना पक्राउ


0
Shares

बन्दको प्रभाव धनुषा, महोत्तरी, सर्लाही, सप्तरी, सिरहा, बारा, पर्सा, रौतहटलगायतका जिल्लामा परेको छ ।

मंगलबार जनकपुरमा राजपाका कार्यकर्ताले सवारी–साधनमाथि तोडफोड गरेका छन् ।

जनकपुरको मुझेलियामा दुईओटा पिकअप भ्यान र सीताचोमा एउटा ट्याक्टरमाथि तोडफोड भएको प्रहरीले जनाएको छ ।

नवलपरासीमा १५ जना पक्राउ
नवलपरासीको सदरमुकाम परासीमा जबर्जस्ती बजार बन्द गराएको, सवारी–साधनमा तोडफोड गरेको र विभिन्न पार्टीका कार्यकर्तालाई हातपात गरेको आरोपमा राजपाका परासी संयोजक पुरन चौधरीसहित १५ जना पक्राउ परेका छन् ।

उनीहरुले मंगलबार परासीमा दुईओडा स्कार्पियो गाडी र दुईओटा इरिक्सामा तोडफोड गरेका थिए ।

प्यूठानको जनजीवन प्रभावित
आफ्ना कार्यकर्ता पक्राउको विरोधमा नेत्र विक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको राप्ती अञ्चल बन्दले मंगलबार प्यूठानको जनजीवन प्रभावित बनेको छ ।

बन्दका कारण यातायात, शैक्षिक संस्था, उद्योगधन्दा, कलकारखाना ठप्प छन् ।

गत २४ गते मान्डवी गाउँपालिका कुमालटारमा बैठक बस्ने तयारीमा रहेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेकामा विरोधस्वरुप राप्ती बन्दको आह्वान गरिएको जनाइएको छ ।