२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


पोखरामा स्थानीय तह सन्चालनसम्बन्धी अभिमुखीकरण तालिम


0
Shares

तालिमको उद्घाटन कार्यक्रममा वक्ताहरुले प्रतिफल आउने गरी काम गनुपर्ने बताएका थिए ।

महालेखा परीक्षक टंकमणि शर्माले निर्वाचित जनप्रतिनिधिहरुले वित्तीय अनुशासनमा रहि विकास निर्माणदेखि लिएर जनताका कामलाई छिटो–छरितो ढंगले सेवा दिनुपर्ने बताए ।

यस्तै, मुख्यसचिव डा. सोमलाल सुवेदीले जनप्रतिनिधिहरुले आर्थिक विकास र समृद्धिलाई मुख्य प्राथमिकता दिएर काम गनुपर्नेमा जोड दिए ।

तालिममा प्रदेश नम्बर–४ का नवनिर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षहरुको सहभागिता रहेको छ ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा तीन दिनसम्म तालिम सन्चालन हुनेछ ।