३ जेष्ठ २०८२, शनिबार | Sun May 18 2025


बंगलादेशमा वर्षापछिको पहिरोमा परी कम्तीमा ६१ जनाको मृत्यु


0
Shares

केही वर्षयताकै भीषण वर्षाका कारण चित्तागाउँको तीन जिल्लाका विभिन्न स्थान पहिरोको चपेटामा परेको बताइएको छ ।

लगातारको वर्षाका कारण उद्धारमा कठिनाइ भएको र मृतकको संख्या बढ्नसक्ने त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

केही गाउँहरुसँगको सम्पर्क टुटेको छ भने सन्चार र विद्युत् सेवा अवरुद्ध भएको छ ।

वर्षाका कारण राजधानी ढाका र चित्तागाउँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको बताइएको छ । (एजेन्सी)