जथाभावी बाटो काट्ने पैदलयात्रुलाई जरिवाना असुल्न बन्द « Image Khabar


जथाभावी बाटो काट्ने पैदलयात्रुलाई जरिवाना असुल्न बन्द


Imagekhabar
३१ जेष्ठ २०७४, बुधबार ०७:०५

गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा उपत्यका ट्राफिक महाशाखाले जरिवाना असुल गर्न बन्द गरेको हो ।

जेठ १६ गतेदेखि ट्राफिक प्रहरीले जेब्रा क्रसिङ र आकाशे पुलबाट बाटो नकाट्ने पैदलयात्रीलाई जरिवाना स्वरुप २ सय रुपैयाँ र पैसा नहुनेलाई ३ घण्टा सचेतना शिक्षा दिने अभियान सुरु गरेको थियो ।

महाशाखाले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई आधा घण्टा सचेतना शिक्षा सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्