२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


नेपालमा यस वर्षको मनसुन सुरु


0
Shares

नेपालमा सामान्यतः जुन १० मा मनसुन सुरु हुन्छ । तर गतवर्ष मनसुन केही ढिला भएको थियो ।

बंगालको खाडीबाट गत साता उत्तरतर्फ सरेको मनसुन नेपाल प्रवेश गरेको हो ।

नेपालमा मात्र नभई भारतको केरलामा १ जुनमा प्रवेश गर्ने मनसुन ३० मे मा नै प्रवेश गरेको थियो भने भुटानमा ४ जुनमा प्रवेश गर्ने मनसुन जुन १ मा नै प्रवेश गरेको मौसमविद्हरुले बताएका छन् ।

नेपालमा तीन दिनअघि नै मनसुन प्रवेश गरेकाले गत वर्षको तुलनामा यो वर्ष राम्रो वर्षा हुनसक्ने मौसमविद्हरुले बताएका छन् ।