
उनीहरुलाई तालिममा सहभागी नहुन चेतावनीसहित छाडिएको छ । राजपा कार्यकर्ताले क्याम्पस परिसरमा नाराबाजी र धर्ना जारी राखेका छन् ।
स्थानीय प्रशासनले बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । तालिममा सहभागी हुन जम्मा भएकाहरु बीचबाटोबाटै फर्कनुपरेको छ ।
बुधबार बिहान ११ बजे राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा आयोजना हुने तालिममा सहभागी हुन पुगेका सहायक मतदान अधिकृतहरुलाई राजपा कार्यकर्ताहरुले नियन्त्रणमा लिएर राखेका थिए ।
आगामी असार १४ गते हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि मतदान अधिकृतहरुलाई निर्वाचनसम्बन्धी तालिम राखिएको थियो ।
राजपा कार्यकर्ताहरुले करिब ७०० जनाको लागि आयोजना गरिएको तालिममा कसैलाई पनि प्रवेश गर्न नदिएपछि तालिमसमेत स्थगित भएको छ ।
राजपा कार्यकर्ताले ५५ जनालाई महेन्द्र क्याम्पस परिसरमै नाराबाजीकाबीच घेरा हालेर राखेका थिए ।
प्रतिक्रिया दिनुहोस्