२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेन, २ नम्बर प्रदेश र दाङमा तीव्र विवाद


0
Shares

सबै उम्मेदवारको टुंगो लगाउन भन्दै बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा नेताहरुबीच सहमति नजुटेपछि उम्मेदवारको टुंगो लाग्न नसकेको हो ।

बैठकमा २ नम्बर प्रदेशमा उम्मेदवार चयनको विषयमा नेताहरुबीच तीव्र विवाद भएको थियो । यस्तै, दाङमा पनि उम्मेदवारी चयनबारे नेताहरुबीच विवाद भएको थियो ।

बैठकपछि नेता अर्जुननरसिंह केसीले नेताहरु सहमतिनजिक पुगेको भन्दै बिहीबारसम्ममा उम्मेदवारको टुंगो लाग्ने बताए ।

बैठकमा उम्मेदवार चयनमा ढिलाइ भएको भन्दै शीर्ष नेताहरुको आलोचनासमेत भएको थियो ।